Aamsanchar

घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

Author Image
शुक्रवार, फागुन ६, २०७३

तेह्रथुम।


तेह्रथुमको म्याङलुङ नगरपलिका-७ बस्ने ४३ बर्षिय भोलामान कार्कीको विहीबार घाँसकाटने क्रममा रुखबाट लडेर मृत्यु भएको छ। विहान ७;३० बजेतिर घाँस काट्न भनी रुखमा चढेका कार्की अचानक लडेर गम्भिर घाइते भएका थिए।

घाइते कार्कीलाई उपचारकोलागी धरान ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। मृतककको शव पोष्टमार्टमको लागी जिल्ला अस्पतालमा राखीएको छ।
यसैगरी संखुवासभाको सितलपाटी-५ मा पोखरीमा डुबेर ३ बर्षिय बालकको मृत्यु भएको छ। सितलपाटी-५ बस्ने ठक्कर बहादुर राईको छोरा  प्रेम राईको  घर नजिकै रहेको  माछा पोखरीमा डुबेर विहीबार मृत्यु भएको हो।

दिउँसो ३ बजेतिर घरमा कोही नभएको अवस्थामा बालक खेल्ने क्रममा उक्त पोखरीमा डुबेको स्थानियले बताए। घटना स्थलमा प्रहरी चौकी चन्दनपुरबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागी जिल्ला अस्पतालमा राखीएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर