Aamsanchar

पत्रकार महासंघ झापाको अधिवेशन र मतदान फागुन ९ गते

Author Image
शुक्रवार, फागुन ६, २०७३

बिर्तामोड।

 

नेपाल पत्रकार महासंघ झापा शाखाको १२औं जिल्ला अधिवेशन फागुन ९ गते हुने भएको छ ।

यसअघि फागुन ७ गतेका लागि तोकिएको अधिवेशनको मिति  शुक्रवार भएको महासंघ कार्यसमितिको बैठकले दुई दिन सार्ने निर्णय गरेको हो ।

शाखा अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार फागुन ७ गतेका लागि निर्धारित अधिवेशनको तयारी पूरा भए पनि केन्द्रीय कार्यालयबाट मतदाता नामावली र केन्द्रीय प्रतिनिधिको टुंगो नलागेकोले अधिवेशनको मिति सार्नु परेको हो ।

नयाँ नेतृत्व चयनका लागि निर्वाचत सम्बन्धी अन्य प्रक्रिया अगाडि नै सुचारु भए पनि अधिवेशन उद्घाटन, बन्दसत्र र मतदान कार्यक्रम फागुन ९ गते नै सञ्चालन हुने महासंघ झापा शाखाका सचिव एकराज गिरीले जानकारी दिए ।

निर्वाचन सम्बन्धी सबै कार्यक्रम शाखा कार्य समितिको समन्वयमा निर्वाचन समितिले निर्धारण गरे बमाजिम हुने समेत बैठकले निर्णय गरेको महासंघका उपाध्यक्ष तारामणि सापकोटाले बताए ।

Views: 94

प्रतिक्रिया (०)