Aamsanchar

विधिको शासनले मात्र शान्ति र स्थायित्व : न्यायाधीश पराजुली

Author Image
शुक्रवार, फागुन ६, २०७३

नुवाकोट ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले विधिको शासनका लागि बार एसोसियसनको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

आज विदुरमा नुवाकोट जिल्ला अदालत बार एसोसिएसनको भवन शिलान्यास गर्दै वरिष्ठतम् न्यायाधीश पराजुलीले विधिको शासनले मात्रै मुलुकमा शान्ति, स्थायित्व र दिगोपन सिर्जना हुने भएकाले कानुन व्यवसायीले संविधानको परिपालनाका लागि समुदायमा सचेतना जगाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालत नुवाकोटका न्यायाधीश लोकजङ्ग शाहले न्याय सम्पादनको पहिलो खुड्किलाका रुपमा रहेका कानुन व्यवसायीको भवन निर्माणले संस्थागत विकास हुने बताउनुभयो ।
नुवाकोट बार एसोसियसनका अध्यक्ष देवराज कँडेलले संरचना निर्माण कार्यलाई तदारुक्ताका साथ निर्माण सम्पन्न गरेमा सबै कानुन व्यवसायीलाई सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।
कार्यक्रममा नुवाकोटका राजनीतिक दलले आफूले सक्ने आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर