काठमाडौं,

धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको छ । शनिबार बिहान ६ बजे धादिङको बेनिघाट आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो पोहोर गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प नै भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

ठूलो भूकम्पपछि वर्षाैंसम्म साना परकम्प आइरहने भएकाले नआत्तिन तर सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।

यसअघि गएको माघ २२ र २८ गते दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ तथा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।
Views: 114

