काठमाडौं,
नेपालमा पहिलो पटक शनिबार निर्वाचन दिवस मनाईंदैछ । पहिलो आमचुनाव भएको दिनको सम्झनामा अबदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।
नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आमचुनाव भएको थियो । दिवसको अवसरमा आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र सबै दलका शीर्ष नेताको उपस्थितिमा कार्यक्रम गर्न लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
लोकतन्त्रको मेरुदण्ड मानिने आवधिक चुनाव पहिलोपटक भएको ५८ वर्षपछि आयोगले पहिलोपटक दिवस मनाउन लागेको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 155