इलाम ।
नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आज सुरु भएको १४औँ साधारणसभा तथा १०औँ अधिवेशनको अवसरमा दुईजना सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रममा महासङ्घका केन्द्रीय प्रतिनिधि खगेन्द्रप्रसाद पन्तले नगर पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मीद्वय सन्तोष नेम्बाङ र गणेशप्रसाद घिमिरेलाई पुरस्कृत गर्नुभएको हो ।
महासङ्घले नगर क्षेत्रमा क्रियाशील पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ । नेम्बाङ र घिमिरेलाई जनही रु सात हजार र ५०० नगद र प्रशंसापत्र प्रदान गरियो ।
रोहितचन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रजिअ सुजन फागो, स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्का, प्रहरी उपरीक्षक सुशीलकुमार यादवलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 112