Aamsanchar

‘जयमती–कर्णबहादुर पत्रकारिता पुरस्कार’ काफ्लेलाई

Author Image
आइतवार, फागुन ८, २०७३

ताप्लेजुङ।

यस वर्षको ‘जयमती–कर्णबहादुर पत्रकारिता पुरस्कार’ ताप्लेजुङका सञ्चारकर्मी मनमणि काफ्लेलाई शनिबार प्रदान गरिएको छ ।

प्रेस चौतारी नेपाल, ताप्लेजुङले प्रत्येक वर्ष वितरण गर्ने रु १० हजार १०१ राशिको उक्त पुरस्कार सदरमुकाममा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा सांसद भूपेन्द्र थेबे र पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने बलबहादुर तामाङले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घका सचिवसमेत रहनुभएका तामाङले आफ्ना बुबाआमाको नाममा पुरस्कार वितरणका लागि प्रेस चौतारी नेपाल, ताप्लेजुङ शाखामा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

कार्यक्रममा चौतारी स्थापना गर्न महत्वपूर्ण योगदान गर्ने पहिलो अध्यक्ष लीलाचक्र गुरुङ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष केशव भट्टराईलाई कदरसहित सम्मान गरिएको थियो ।

पुरस्कार ग्रहण गर्ने सञ्चारकर्मी काफ्लेले सोही कार्यक्रममा नै आफूले पाएको पुरस्कारको रकम ताप्लेजुङमा निर्माण भइरहेको वृद्धाश्रमको भवन निर्माणका लागि प्रदान गर्नुभयो । आगामी वर्षदेखि थप पुरस्कार स्थापनाका लागि पर्यटन व्यवसायी ईश्वरी पौडेलले समेत रु दुई लाख ११ हजार १११को अक्षयकोष खडा गर्ने घोषणा गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर