Aamsanchar

बार्सिलोनाले जित्यो, मेस्सी बने नायक

Author Image
सोमवार, फागुन ९, २०७३

एजेन्सी । 

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २–१ ले हराएको हो ।

बार्सिलोनाको जितमा दुवै गोल लियोनल मेस्सीले गरे । चौथो मिनेटमा नै गोल गर्दै मेस्सीले बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको लेगानेसका लागि ७१ औं मिनेटमा युनाइ लोपेजले बराबरी गोल फर्काए । त्यसपछि अन्तिम समयसम्म बराबरी भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनाका लागि विजयी गोल गरे ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग गएको मंगलबार राति ४–० ले पराजित भएको बार्सिलोनाका गोलरक्षक मार्क–आन्द्रे टेर स्टेगनले लेगानेसका तर्फबाट भएका चार वटा सुन्दर पोस्ट प्रहारको निकै उत्कृष्ट बचाउ गर्दै बार्सिलोनालाई जोगाए । यो खेलमा लेगानेस बार्सिलोनामाथि निकै आक्रमक रुपमा प्रस्तुत भएको थियो ।

जितपछि २२ खेलबाट ५१ अंकसहित बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा एक अंकले मात्रै पछि छ । तर रियल मड्रिडले दुई खेल कम खेलेको छ । तेस्रो स्थानमा झरेको सेभिल्लाको २३ खेलबाट ४९ अंक छ । राति नै भएका अरु खेलमा भिल्लारियलले रियल सोसिडाडलाई १–०, भ्यालेन्सियाले एथ्लेटिको बिल्बाओलाई २–० तथा सेल्टा डि भिगोले ओसासुनालाई ३–० ले हराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर