Aamsanchar

कतारमा प्युठान सम्पर्क मञ्च गठन

Author Image
मङ्गलवार, फागुन १०, २०७३

भरत शिवाकोटी,

   [युएई]    

            

प्रवासी नेपाली मञ्च दोहा कतार को अगुवाइमा दोहामा प्युठान सम्पर्क मञ्च गठन गरिएको छ | प्युठान जिल्लालाई दृस्टिगत गरि गठन गरिएको उक्त मञ्च ले प्युठान केन्द्रित सामाजिक तथा अन्य विभिन्न क्षेत्रमा कार्यहरु गर्ने जनाइएको छ |

गत शुक्रबार अर्थात १७ फेब्रुअरी २०१७ का दिन प्रमुख अतिथी प्रवासी नेपाली मञ्च दोहा कतारका अध्यक्ष राम हरी गैर ले उदघाटन गरेको कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारका संगठन विभाग प्रमुख नरेश श्रेष्ठ, सचिवालय सदस्य चानक पोख्रेल,पुर्व रास्ट्रिय कमिटी सदस्य लिला जी.सी., स्याङ्जा सम्पर्क मञ्च का अध्यक्ष चोला कान्ता बि.क., पर्वत सम्पर्क मञ्च का अध्यक्ष रोषराज तिमल्सिना, तनहुँ सम्पर्क मञ्च का अध्यक्ष नारायण ढुंगाना, कास्की सम्पर्क मञ्च का अध्यक्ष रामजी गिरी लगायतको उपस्थिति रहेको थियो |

प्रमुख अतिथी तथा अतिथीहरुले मन्तव्य राखेको उक्त भेलाबाट सुर्य बहादुर बि.क. को अध्यक्षतामा प्युठान सम्पर्क मञ्च दोहा कतारको १५ सदस्य कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा गोपाल खडका, सह-उपाध्यक्षमा रमेश खत्री, सचिवमा समुन्द्र खडका, सह-सचीवमा प्रेम गिरी, कोषाध्यक्षमा धर्म सिंह बि.क. र सदस्यहरुमा क्रमशः प्रेम कुमार सुनार, प्रेम खत्री, रविलाल थापा, पृथ बि.क., रेशम घर्ती, मनिराम पोख्रेल लगायत रहेका छन भने सल्लाहकार संयोजकमा विष्णु भण्डारी, गोविन्द बस्नेत र  पुर्ण बहादुर के.सी. रहेका छन |

निर्वाचित कमिटी लाई मञ्च को विधि विधान अनुसार प्रवासी नेपाली मञ्चका अध्यक्ष ले सपथ ग्रहण गराएका थिए । सो अवसरमा प्रमुख अतिथी गैर ले प्रवासी नेपाली मञ्च ले हालसम्म गरेका कार्यहरुको चर्चा गर्दै रोजगारीको सिलसिलामा प्युठानबाट कतार आएका नेपालीहरुलाई प्युठान सम्पर्क मन्च ले संगठित गरेर आफ्नो उदेश्यमा अघि बढने र सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका थिए |

भेलाको अध्यक्षता संयोजक सुर्य बि.क. ले गरेका थिए भने कार्यक्रम संचालन समुन्द्र खडकाले गरेका थिए |

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)