Aamsanchar

विहे गरेको दुई दिनमै धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

Author Image
मङ्गलवार, फागुन १०, २०७३

वीरगन्ज:

पर्साको ठोरीमा विहे भएको दुइ दिनमै एक महिलाको हत्या भएको छ।

ठोरी गाविस वडा नम्बर ३ सरस्वती चोकका अशोक लोहारले दुई दिनअघि मात्र विहे गरेर कान्छी श्रीमतीका रुपमा घर भित्रयाएका २१ वर्षीया एलीसा सुनारको मंगलबार हत्या भएको हो।

३५ वर्षीय लोहारले गत आइतबार कान्छी श्रीमतीको रुपमा घरमा भित्रयाएका एलीसाको मंगलबार धारिलो हतियार प्रहार गरि हत्या भएको हो। एलीसाको माइती घर चितवनको माडी नगरपालिका वडा नम्बर-९ स्याउलीबासमा छ।

एलीसाको टाँउकोमा धारिलो हतियार प्रहार गरेर घाँटीमा डोरी बाँधेर हत्या गरिएको अवस्थामा शव भान्छाघरमा भेटिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए।

एलीसाको हत्याको घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले मङगलवार नै एलीसाका श्रीमान लोहार र उनकी जेठी श्रीमति जमुना लोहारलाइ नियन्त्रणमा लिएको छ।

लोहारले एलीसालाइ कान्छी श्रीमतीको रुपमा घरमा भित्रयाएको दिन देखि नै उनको घरमा लोग्ने स्वास्नीबीच झगडा शुरु भएको अनुसन्धानका क्रममा देखिएको प्रहरी निरिक्षक गुरुङले जानकारी दिए। एलीसाको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।

हत्या भएकी एलिसाका श्रीमान् लोहार र उनकी जेठी श्रीमति जमुनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)