काठमाडौँ ।
नेपाल चेम्बर अफ कमर्सले विद्यमान मौद्रिक नीतिमा अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गरी चेम्बरले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलताको समस्या र सोबाट सिर्जित लगानीयोग्य रकमको अभावमा समग्र निजी क्षेत्र प्रभावित भएकाले अविलम्व समाधान हुनुपर्नेमा जोड दिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा उत्पन्न समस्याहरुबाट समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पर्ने सम्भावनालाई दृष्टिगत गर्दै यस्ता समस्याहरु नदोहोरिने गरी प्रभावकारी अनुगमन गर्नुपर्नेमा चेम्बरले राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 102