Aamsanchar

ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रम उद्घाटन

Author Image
बुधवार, फागुन ११, २०७३

काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको छैटौँ ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रमको आज पार्टी कार्यालय धुम्बाराहीमा उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले ज्येष्ठ नागरिकको सङ्घर्ष र बलिदानले राष्ट्र निर्माण भएको चर्चा गर्दै राज्यले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनमोहन अधिकारी ज्येष्ठ नागरिकको सम्मान गर्ने व्यक्ति हुनुहुन्थ्यो उहाँकै प्रधानमन्त्रीत्वकालदेखि ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरु गरियो म प्रधानमन्त्री हुँदा ज्येष्ठ नागरिकका निम्ति मासिक रु दुई हजार भत्ता पु¥याएको हो ।”
पार्टीका महासचिव ईश्वर पोखरेलले दुःखी र वृद्धलाई सहयोग र सम्मान गर्नुपर्छ भन्ने भावना मनमोहनसँग भएको बताउनुभयो । उहाँले मनमोहनको विचार र कामलाई निरन्तरता दिन नेकपा (एमाले)ले विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

एमाले क्षेत्र नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले ज्येष्ठ नागरिकको सम्मान गर्ने परिपाटी राज्यले बसाल्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले ६५ वर्षभन्दा माथि र ८७ वर्षभन्दा कम उमेरका वृद्धवृद्धालाई भ्रमणमा समावेश गरिएको बताउनुभयो । दर्शनमा सहभागी वृद्धवृद्धालाई पार्टीका अध्यक्ष ओलीले ज्याकेट, टोपी र झोला हस्तान्तरण गर्नुभएको थियो ।

फागुन १२ गतेदेखि १८ गतेसम्म हुने भ्रमणमा प्रदेश नं ३ का १२० वृद्धवृद्धालाई समावेश गरिएको छ । भ्रमणमा मनकामना, बिन्ध्यवासिनी, लुम्बिनी, चितवन सौराहलगायतका स्थान घुम्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर