Aamsanchar

तीन दिवसिय तालिम सुरु

Author Image
बिहिवार, फागुन १२, २०७३

काँकरभिट्टा ।

झापाको गरामनीमा बाल अधिकार तथा शान्ति शिक्षा सम्बन्धि तीन दिवशिय तालिम बुधबारदेखि सुरु भएको छ ।
मानव अधिकार मञ्च नेपाल इलाम र महिला जनचेतना केन्द्र झापाले गरामनी ९ सैनिक बजारस्थित महेन्द्र ज्योती माविमा गठित बाल क्लवका लागि सो तालिम सञ्चालन गरेको केन्द्रकी अध्यक्ष राधा प्रधान कार्कीले बताईन् ।
महेन्द्र ज्योती माविका प्राचार्य प्रेमबहादुर लिम्बूको प्रमुख आतिथ्य एवँ उक्त विद्यालयमा गठित बाल क्लवकी अध्यक्ष स्वस्तिका सुवेदीको अध्यक्षतामा आयोजित तालिमको पहिलो दिन मञ्चका झापा कार्यक्रम संयोजक मणिकुमार लिम्बूले सहजिकरण गरेका थिए ।
उक्त बाल क्लवमा आवद्ध १३ जना बालबालिकाहरुलाई बुधबार बाल अधिकार र बाल अधिकारको अवधारणाका विषयमा प्रशिक्षण दिईएको क्लवका संरक्षक शिक्षक मणिराज दङ्गालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर