Aamsanchar

सम्पादक गिरीलाई टिका–रत्न पत्रकारिता पुरस्कार

Author Image
बिहिवार, फागुन १२, २०७३


बिर्तामोड ।
इडन गार्डेन इङ्लिस स्कूल बिर्तामोडले स्थापना गरेको इडन गार्डेन टिका–रत्न पत्रकारिता पुरस्कार यसवर्ष पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीलाई प्रदान गरिएको छ ।
११ हजार पुरस्कार राशी रहेको सो पुरस्कार विद्यालयको २८औं वार्षिकोत्सवको अवसर पारेर बुधबार गिरीलाई प्रदान गरिएको हो । पत्रकारितामार्फत समग्र राष्ट्रलाई अतुलनीय योगदान पु¥याएको भन्दै नगदसहित सम्मानपत्रद्वारा विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्य र एन प्याब्सनका अध्यक्ष सञ्जीव राईले पुरस्कार प्रदान गरेका थिए ।
पुरस्कृत व्यक्तित्व गिरी नेपाल पत्रकार महासंघ झापाको नवनिर्वाचित उपाध्यक्ष हुन् । उनी रेडियो नेपालका झापा संवाददाता समेत हुन् । सहायक प्रमुख जिल्ला शिक्षा अधिकारी उद्वव बिष्टको प्रमुख आतिथ्यमा आयोजित समारोहमा उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत र सम्मानित गरिएको थियो ।
विद्यालयले स्टुडेन्ट अफ ट इयरका रुपमा अनुप बस्नेत र विन्दु चौहनलाई सम्मान समेत गरेको छ । त्यस्तै एसएलसीमा उत्कृष्ट अंक ल्याउने महेश अग्रवाललाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)