Aamsanchar

सुरक्षा जाँचकै क्रममा विमानस्थलबाटै व्याग हराएपछि…..

Author Image
बिहिवार, फागुन १२, २०७३

बिर्तामोड ।
काठमाडौंबाट विराटनगर आउने क्रममा विहीवार विहान झापाका एक यात्रुको व्याग विमानस्थलमा सुरक्षा जाँचकै क्रममा हराएको छ ।
सुरक्षा जाँचका लागि प्रहरी सुरक्षा जाँच गेटबाट छिराइएको व्याग यात्रुले फेला पार्न सकेनन् । झापा भद्रपुरकी विमलादेवी पोखरेलको कपडासहितको अन्दाजी १२ केजी तौलको व्याग हराएको हो । व्याग हराएको विषयमा प्रहरी तथा विमानस्थल प्रमुख प्रशासन कसैले जवाफ दिन सकेका छैनन् । व्यागमा कपडा तथा विरामीको स्वास्थ्य परीक्षण गरिएका विभिन्न हस्पिटलका कागजपत्र थिए । सुरक्षा जाँचकै क्रममा व्याग हराएपछि पीडित पोखरेलले प्रहरी र विमानस्थल प्रशासनलाई जिम्मेवार बन्नुका साथै आफ्नो सामान खोजेर उपलब्ध गराइदिनुहुन आग्रह गराएकी छिन् ।

 

लगेज हरायको सुचना।
ktm वाट विराटनगर का लागि जाने क्रममा 2073/11/12 गते बिहान 10.30 बजे काठमाडौ बिमानस्थल को प्रहरी चेक पछि खैरो ब्याग कपडा र बि एन्ड बि अस्पताल र नर्भिक अस्पताल का विभिन्न रिपोर्ट सहित हरायको हुदा भुलबस कसैले लानु भयको भय वा कहि फेला परे फोन न 9852671599/ 9802071599 /9851030945 वा प्रहरी मा बुझाई दिन हुन अनुरोध छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर