Aamsanchar

पोषण सुरक्षाका लागि अनुदान वितरण

Author Image
बिहिवार, फागुन १२, २०७३

भद्रपुर।

जिल्ला पशुसेवा कार्यालय भद्रपुरले पाथिभरा कृषि फार्म दमकलाई चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि रु ३० लाख अनुदान सहयोग गरेको छ । जिल्लामा पोषण सुरक्षाको अवस्थालाई अझ सबल र सुदृढ बनाउने उद्देश्यले सो केन्द्रको स्थापना गर्न लागिएको हो ।

यसैगरी जिल्ला पशुसेवा कार्यालयले मध्यपहाडी तथा हुलाकी मार्ग लक्षित एकीकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम (डेरी पकेट क्षेत्र) अन्तर्गत पाँचवटा समूहलाई जनही रु ११ लाख २० हजारका दरले अनुदान उपलब्ध गराएको छ ।

अनुदान प्राप्त गर्नेमा मनकामना सामुदायिक वन उपभोक्ता समूह राजगढ, पाँचगाछी दुग्ध उत्पादक कृषि समिति आठमोज्जा बचत तथा ऋण सहकारी संस्था लि खुजरगाछी, सानुमाई गाई विकास समिति शरणामती र बैगुनधुरा दुग्ध उत्पादक कृषक समिति बैगुनधुरा छन् ।

यस्तै, सोहि कार्यक्रमअन्तर्गत दुग्ध बजारीकरण व्यवस्थापनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि मेचीनगरपालिका र रितिका डेरी उद्योग धाइजनलाई रु १३ लाख अुनदान दिएको छ ।

यसैगरी, मासु उत्पादनका लागि पाडा हुर्काउन भट्टराई ब्रदर्श एग्रिकल्चर फार्म गौरादह र प्रगति कृषि फार्म कुमरखोदलाई जनही रु दुई लाखका दरले अनुदान वितरण गरेको जिल्ला पशुसेवा कार्यालय भद्रपुरका पशु चिकित्सक डा कुमारसिंह खत्रीले बताउनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)