Aamsanchar

खुदुनाबारी स्टार छनोट सम्पन्न

Author Image
बिहिवार, फागुन १२, २०७३

खुदुनावारी,

सा, रे, ग कला केन्द्र र बाल क्लब खुदुनावारीको संयुक्त आयोजनामा शुरु गरिएको खुदुनावारी सिङ्गीङ एण्ड डान्सिङ्ग विधाको खुदुनाबारी स्टार छनोट कार्यक्रम सम्पन्न भएको छ । सारेग कला केन्द्र खुदुनाबारीले जनता उच्च मा.वि.को पाङ्गणमा सम्पन्न सिङ्गीङ एण्ड डान्सिङ्ग विधाको कार्यक्रमले खुदुनाबारी स्टारको नाम चयन गरेको थियो
खुदुनाबारी स्टार तर्फ सिङ्गीङमा क्रमश प्रथम अनुसा चुडाल,दितिय राज लिम्बु,तृतीय रोशन अधिकारी चयन भएका थिए भने डान्सिङ्गमा तर्फ प्रथम आकृति बर्देवा,दितिय सिमरन खड्का,तृतीय सरु राई चयन भएका थिए ।
खुदुनावारी सिङ्गीङ एण्ड डान्सिङ्ग कार्यक्रमका अध्यक्ष अमर नेम्वाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथिर्ती बरिष्ठ गायक बलराम समाल रहेका थिए । सिङ्गीङ तर्फ निर्णायक दिपक रायामाझी,कमला नेम्वाङ्ग,पदम कन्दङ्गवा रहेका थिए भने डान्सिङ्ग तर्फ निर्णायकहरु क्रमश पदम तामाङ,राज सेर्मा,सिर्जना फागो रहेका थिए ।
कार्यक्रममा सारेग कला केन्द्रका संयोजकद्धय गायक सन्तोष आले मगर सहित सोरहाङ लिम्बुले आमा बोलको गीत प्रस्तुत गरेपछि सहभागि दर्शकहरुको गहभरि आँशु देखिन्थ्यो । कार्यक्रममा खुदुनाबारीमा संगीत क्षेत्रमा अतुल्लनीय योगदान पु¥याएको भन्दै अशोक श्रेष्ठ सहित मरणोपरान्त सम्मानद्धारा ज्ञान बहादुर बुर्जा मगर,भिम बैरागीलाई सम्मानित गरिएको थियो । मरणोपरान्त सम्मान बैरागीका छोरा ससी लामिछाने र ज्ञान बहादुरका छोरा दिपक बुर्जा मगरलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले पछिल्लो दिनमा राष्टिय कलाकारिता क्षेत्रमा समेत खुदुनाबारी जन्मी हुर्केकी गरेका अधिकास कलाकारहरुले आफनो प्रभाव देखाउन थालेकोमा प्रशंशा व्यक्त गरे ।
सारेग कला केन्द्र ग्रामीण क्षेत्रमा गायनमा प्रकाशपुञ्ज बन्दै गएको बताए । चर्चित गायक बादल लिम्बुको गायनले कार्यक्रममा थप आकर्षण समेत बढेको थियो । कार्यक्रम संयोजक सन्तोष आलेमगर, तोरण श्रेष्ठ, लजन फ्याक,सुगम नेम्वाङ, सोरहाङ लिम्बू, बरिष्ठ पत्रकार दिपिन राई खुदुनावारी बाल क्लवकी अध्यक्ष इशा चापागाइ खुदुनाबारी गाविसका खरिदार खगेन्द्र लिङदेन, गायन रचानकार याम मगर लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको गायन तर्फका बिजेतालाई प्रमाणपत्र टफिसहित गीत रेकर्डिङ गरिने अवसर दिनेछ भने नृत्यका बिजेताले प्रमाणपत्र,टफि सहित म्युजिक भिडियोमा अभियन गर्ने मौका पाउने अध्यक्ष अमर नेम्वाङले जानकारी दिए । प्रतियोगिताका टपटेनमा पर्नेलाई कार्यक्रममा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । प्यारो खुदुनाबारी हाम्रो खुदुनाबारी बोलको गीत गायक सन्तोष आले मगरले कार्यक्रमका प्रमुख अतिर्थी,बिशेष अतिर्थी,अतिर्थी सहभागिहरुलाई गाएर स्वागत गरेका थिए । कार्यक्रम संञ्चालन तिलक योञ्जनले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)