Aamsanchar

कला साहित्य उत्सव

Author Image
शुक्रवार, फागुन १३, २०७३

काँकडभिट्टा ।

काँकडभिट्टामा बिहिबारदेखि तीन दिवसीय कला साहित्य उत्सव सुरु भएको छ ।  काँकडभिट्टास्थित खानेपानी कार्यालयको सभाकक्षमा सुरु भएको ‘कला साहित्य उत्सव २०७३’ को प्रा चैतन्य मिश्रले उद्घाटन गर्दै समाजवाद उन्मुख संविधानको चिरफार विषयमा आफ्ना धारणा राख्नुभयो ।

उत्सवमा बिहिबार ‘जनजातीय चेतना र साहित्य’ शीर्षकमा भूपाल राई, हेमन यात्री र चन्द्रवीर तुम्बापोसँग दीपक सापकोटाले छलफल चलाउनुभयो ।  गतिशीलताका लागि निरन्तर अध्ययन’ भन्ने मूल नाराका साथ बिहिबारदेखि सुरु भएको उत्सव यही फागुन १४ गतेसम्म चल्ने रिडर्स नेपालका अध्यक्ष उज्ज्वल प्रसार्इँले बताउनुभयो ।

उत्सव अवधिभर समाज, राजनीति, साहित्य, संस्कृति र स्थानीय समृद्धिका विषयमा बहस गरिने छ । उत्सवका विभिन्न सत्रमा करिब ८० वक्ता र सहजकर्ताले भाग लिने रिडर्सका उपाध्यक्ष दामोदर ढुङ्गेलले बताउनुभयो ।

रिडर्स झापाको संयोजकत्वमा वर्ड वारियर, देही आर्टलगायत पाँच संस्थाको अग्रसरतामा उत्सवको आयोजना गरिएको जनाइएको छ । यसअघि २०६९ सालमा पहिलो र २०७१ सालमा दोस्रो संस्करण गरेको रिडर्सले प्रत्येक दुई वर्षमा साहित्य उत्सव गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर