Aamsanchar

दुध सर्केर नवजात शिशुको मृत्यु

Author Image
शुक्रवार, फागुन १३, २०७३

खोटाङ,

दिक्तेल नगरपालिका बाम्राङका सन्तोष खतिवडा र पूर्णीमा दाहालको नववजात शिशुको जन्मेको चौबिस घण्टा नबित्दै दुध सर्किएर ज्यान गएको अस्पतालले जनाएपनि शिशुको आफन्तले अस्पतालको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् ।

जन्मँदै राम्ररी रुन नसक्ने अवस्थाको नवजात शिशुको दुध सर्किएर ज्यान गएको जिल्ला अस्पताल खोटाङका निमित्त कार्यालय प्रमुख कालीप्रसाद यादवले बताउनुभयो ।

बच्चाका आफन्तले भने स्वास्थ्यकर्मीको हेलचक्र्याँईले बच्चाको ज्यान गएको आरोप लगाएका छन् । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेर दुध चुसाउनुपर्नेमा निगरानी नराखिएका कारण नवजात शिशुको ज्यान गएको आफन्त दुर्लभ खत्रीले बताउनु भयो ।

मंगलबार बेलुका ७ बजे जन्मिएको नवजात शिशुको बुधबार दिउँसो ज्यान गएको हो । सुत्केरी व्याथा लागेपछि पूर्णीमालाई आइतबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । घटनाको विषयमा बिहीबार आयोजित छलफल निष्कर्ष बिहीन भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर