Aamsanchar

ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते

Author Image
शुक्रवार, फागुन १३, २०७३

इटहरी।

सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० वर्षीय सोमराज माझी, मोरङ गछियाकी ३२ वर्षीया तारा मण्डल र नाम नखुलेका एक पुरुष रहेका छन् । घाईते सबैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बेलुन फुलाउने क्रममा ग्यास सिलिन्डर विष्फोट भएको थियो । ग्यास सिलिन्डरबाट बेलुन फुलाएर बिक्री गर्दै आएका दुहवी भलुवा नगरपालिका– ६ का व्यापारीद्वय भगवान साह र राधेश्याम साहलाई पक्राउ गरी आवश्यक सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताउनुभयो ।

शिवरात्रि पर्वका अवसरमा पूजाआर्चनाका लागि मन्दिरमा भेला भएका भक्तजनको भीडभाड भएको स्थानमा अकस्मात बेलुन फुलाइरहेका बेला ग्यास सिलिन्डर विस्फोट भएकाले धेरै मानिस घाइते हुनपुगेको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर