Aamsanchar

‘निर्वाचनमा हतियार बोक्न रोक !’

Author Image
शनिवार, फागुन १४, २०७३

काठमाडौं : 

निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रूपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न  रोक लगाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

गृह र रक्षा मन्त्रालयका सचिवसँग बिहीबार छलफलपछि आयोगले गृहमन्त्रालयलाई पत्राचार गर्दै निर्वाचन सुरक्षाका लागि व्यक्तिले हातहतियार लिएर हिँड्न नपाउने गरी नियन्त्रण व्यवस्था मिलाउन निर्देशन दिएको हो। व्यक्तिगत रूपमा हातहतियार लिएर हिँड्दा स्वच्छ र निष्पक्ष निर्वाचन प्रभावित हुने भन्दै आयोगले गृहलाई यस्तो निर्देशन दिएको हो।

‘कानुनबमोजिम बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै पनि प्रकारका विस्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएका छौं’, आयोगको निर्णयबारे प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कानुनबमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका बन्दुक, पेस्तोलजस्ता हतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालय मातहतमा राख्ने व्यवस्था गर्नुपर्नेछ।

आयोगले निर्वाचन अवधिभर अवैत्र मदिरा तथा मदिराजन्य पदार्थ उत्पादन र बिक्रीवितरणमा पूर्ण बन्देज लगाउन विशेष व्यवस्था गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको छ। केही सार्वाजनिक(अपराध र सजाय) ऐन, २०२७ को व्यवस्थाबमोजिम निर्वाचन बिथोल्नसक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिहरूलाई प्रहरी निगरानीमा राखी आवश्यकताअनुसार नियन्त्रण गर्न पनि निर्देशन दिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए।नागरिक दैनिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर