Aamsanchar

मोर्चाले चार विषयमा संशोधन दर्ता गराउने

Author Image
शनिवार, फागुन १४, २०७३

काठमाडौँ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ मा चार विषयमा संशोधन प्रस्ताव दर्ता गराउने भएको छ ।

बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको सचिवालय बैठकले भाषा, नागरिकता, सङ्घीयता र राष्ट्रिय सभा गठनबारे संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।

उल्लिखित चार विषयमा संशोधन प्रस्ताव लैजाने तयारी भएको मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले राससलाई जानकारी दिनुभयो । उहाँले संशोधन प्रस्तावबारे सरोकारवालासँग छलफल भइरहेको पनि बताउनुभयो ।  व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रक्रिया गत बिहीबार सुरु भएको थियो ।

सरकारले गत मङ्सिर १४ गते सो प्रस्ताव संसद्मा दर्ता गरेको थियो ।  संसद्ले ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७३’, माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही फागुन १५ गते कार्यालय समयभित्रको समयसीमा दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर