Aamsanchar

भलिबलको विषयमा विवाद, स्थानीय युवाको कुटाइबाट जीप सहचालकको मृत्यु

Author Image
आइतवार, फागुन १५, २०७३

बझाङ,

बझाङको दौलीचौरमा स्थानीय युवाको कुटाइबाट जीपका सहचालकको ज्यान गएको छ । शनिबार बेलुका स्थानीय युवाले खेलिरहेको भलिबल जीपले च्याप्दा फुटेपछि भएको विवादको क्रममा जीपका सहचालकको ज्यान गएको हो ।

भलिबलको विषयमा भएको विवादको क्रममा झडप हुँदा स्थानीय युवा दिपेन्द्र बोहराको कुटाइबाट जीपका सहचालक दौलीचौर–८ का दिनेश बोहराको ज्यान गएको प्रहरीले जनाएको छ ।

कुटाइबाट गम्भीर घाइते भएका दिनेशको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । दिनेशलाई कुट्ने दिपेन्द्र फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)