Aamsanchar

अप्पर सोलुखोला जलविद्युत् आयोजनाः चालीस प्रतिशत निर्माण सम्पन्न

Author Image
आइतवार, फागुन १५, २०७३

सोलुखुम्बु ।

सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य भएको छ । अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

ऊर्जा मन्त्रालयले सन् २०१० मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो । सन् २०१५ को मध्यबाट २२ महिनामा आयोजना निर्माण पुरा गर्ने लक्ष्यसहित निजी क्षेत्रको लगानीमा काम भइरहेको हो ।

संरचनागत विवरण÷प्रगति

आयोजनाको सम्पन्न ४० प्रतिशत निर्माणमध्ये बाँधस्थलको प्रगति बढी देखिएको छ । बाँधस्थलमा करिब ७० प्रतिशत निर्माण कार्य भइसकेको छ भने बाँध भन्दा तल एक सय २० मिटर तल डिसेन्डर (बालुवा थिग्र्याउने) पोखरी निमार्ण भइरहेको छ । यसको करिब ८० प्रतिशत निर्माण बाँकी छ ।

डिसेन्डरमा छानिएको पानी विद्युत गृहसम्म पु¥याउन ‘लो प्रेसर’ र ‘हाइ प्रेसर’ पेनस्टक पाइप जडान गरिने भएको छ । दुई दशमलव पाँच मिटर ब्यास र एक दशमलव नौ मिटर उचाइका पेनस्टक पाइप ठेकेदार ‘सिई कन्सट्रक्सन’ले आयोजनास्थलमै निर्माण गर्दै जडान गरिएको छ । कूल चार दशमलव तीन किलोमिटरको पाइपमध्ये तीनसय नौ मिटर लो प्रेसर र चारसय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाले जनाएको छ । यो बीचमा एक सय ७० मिटर सुरुङ पनि निर्माण हुँदैछ ।

आयोजनामा एक दशमलव दुई मिटर उचाई र चार दशमलव तीन मिटर लम्बाइका तीनवटा इन्टेक गेट रहनेछन् । तीनवटै गेटको निर्माण सकिएको छ । बाँधको पानी आवश्यक परेको समयमा रोक्न र बढी हुँदा खोल्न तीन मिटर लम्बाई तथा तीन मिटर उचाइकै दुईवटा गेट भएको ‘स्लुइस’ पनि निर्माण गरिएको छ ।

विद्युत्गृहमा ११दशमलव ७५ मेगावाट विद्युत् उत्पादन गर्ने दुईवटा जेनेरेसन युनिट राखिनेछ । आयोजनाबाट वार्षिक १३२दशमलव ५ गिगावाट आवर विद्युत् उत्पादन हुने बताइएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभीको सोलु कोरिडोरमा जडान हुनेछ । प्रसारण लाइनको अध्ययन, डिजाइनलगायत काम पूरा भएको कम्पनीले जनाएको छ । आयोजनाको विद्युतगृहबाट तीन किलोमिटर दुरीको तिङ्लास्थित लाम्मानेमा निर्माण हुने सवस्टेसनमा प्रवद्र्धक आफैंँले प्रसारण लाइन निर्माण गर्ने भएको छ । लाम्माने सव स्टेसनसम्म १२ वटा टावर स्वदेशकै ऊर्जा इन्टरनेसनलले निर्माण गर्ने तय भएको छ ।

निर्मानाधिन सोलु करिडोर सुस्तगतिमा अगाडि बढेको टिप्पनी गर्दै आगामी २२ महिनाभित्र आयोजनाबाट विद्युत् उत्पादन भए पनि प्रशारण भने नहुने प्रवद्र्धकको चिन्ता छ । तोकिएको समयमा प्रसारण लाइन निर्माण नगरे वा अन्य कुनै कारणले प्राधिकरणले विद्युत् लिन नसके कूल ऊर्जा उत्पादनको ४५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान विद्युत् खरिद सम्झौता (पिपिए) मा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१