Aamsanchar

तस्करमा पेसा छाड्ने लहर

Author Image
आइतवार, फागुन १५, २०७३

विराटनगर ।

मोरङ प्रहरीले सीमावर्ती क्ष्ँेत्रमा कडा निगरानी र अपराधीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुमा पेसा परिवर्तन गर्ने लहर चलेको छ ।

विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा निगरानी र कारबाही थालेपछि उनीहरु पेसा परिवर्तन गर्न बाध्य भएका हुन् । तस्करहरूले नशाजन्य पदार्थ, इलेक्ट्रोनिक्स एवं दैनिक तथा अन्य प्रतिबन्धित सामग्री आसपासका विभिन्न क्षेत्रबाट तस्करी गर्दै आएका थिए । प्रहरीको कडा निगरानीबीच केही नलागेपछि उनीहरु विभिन्न व्यापार व्यवसायमा लागेका छन् ।
तस्करी छाडेर सिटी रिक्सा सुरु गरेका विराटनगर– १९ का समशेर आलमले भने, “सामान किनेर ल्याउँदा आफ्नो पनि खुब पैसा लागेको हुन्छ । प्रहरीले माल खोस्छ, अनि कारबाही पनि गर्छ । यस्तो लफडामा किन लाग्नू भनेर रिक्साको काम सुरु गरेंँ । धेरै साथीहरुले वारपारको काम छाडिसके ।“
राजस्व चुहावट तथा लागुऔषध ओसारपसार रोक्नका लागि गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।” विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने कार्य हुन्थ्यो, अब हामीले अपराधीलाई पनि कारबाहीको दायरामा ल्याउन थालेका छौंँ”, प्रहरी निरीक्षक सन्दीप भण्डारीले बताउनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर