काठमाडौं ।
छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि अनसनमा रहेकी गंगामाया अधिकारीलाई जर्मन सांसद तथा ग्रीन पार्टीका वैदेशिक मामिला प्रवक्ता ओमिद नुरिपोरले भेट गरेका छन् ।
उनले गंगामायालाई न्यायको लडाईमा साथ दिने आश्वासन समेत दिनएका छन् ।
गंगामायाको लडाईलाई अन्तर्राष्ट्रियकरण गराउने आश्वासन पनि जर्मन सांसदले दिएका छन् । सो अवसरमा गंगामायाले आपूmलाई नेपाल सरकारबाट न्याय पाउनेमा कत्ति पनि विश्वास नलागेको बताइन् ।
गंगामायाका श्रीमान् नन्दप्रसादको पनि अनसनकै क्रममा दुई बर्ष अघि निधन भएको थियो । माओवादी कार्यकर्ताले २०६१ सालको जेठमा गंगामायाका कान्छा छोरा कृष्णप्रसादको गोली हानी हत्या गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 148