Aamsanchar

अन्तर्राष्ट्रिय महिला दिवस भव्यरुपमा मनाइने

Author Image
सोमवार, फागुन १६, २०७३

काठमाडौँ ।

एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसलाई देशभर भव्यरुपमा मनाउन सञ्चार क्षेत्रमार्फत व्यापक प्रचारप्रसार गरिने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा सिंहदरबारमा बसेको प्रचारप्रसार समितिको बैठकले दिवसलाई भव्यरुपमा मनाउन सञ्चार माध्यमको अत्यधिक प्रयोग गर्ने निर्णय गरेको हो । बैठकले पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनलाई सशक्त ढङ्गले दिवसको प्रचारप्रसार गर्न निर्देशनसमेत दिएको छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले दिवसलाई भव्य बनाउन प्रचारप्रसारको खाँचो रहेको भन्दै सूचना प्रकाशन तथा सम्प्रेषणका लागि सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

रेडियो नेपालका नायब कार्यकारी निर्देशक श्रीभद्र वाग्लेले दिवसका अवसरमा समाचार दिनुका साथै अन्तर्वार्तालाई रेडियो नेपालले प्राथमिकताका साथ प्रसारण गर्ने बताउनुभयो ।

नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक दीपा गौतमले महिला हक अधिकारका लागि टेलिभिजनले आवाज उठाउँदै आएको बताउँदै आगामी दिनमा पनि प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ भन्ने मुलनाराका साथ यही फागुन २५ गते १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

दिवस अन्तर्गत फागुन २५ गते बिहान ७ः३० गते पदयात्रा र बिहान १० वजे औपचारिक कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर