पथरी ।
मोरङको पथरी शनिश्चरे–५ आदर्श टोलका स्थानीयवासी मिलेर आफ्नै लगानीमा मन्दिर निर्माण गरेका छन् ।
सो गाउँवासीले स्थानीय बालकृष्ण दाहालको नेतृत्वमा गएको तिहारमा देउसी खेलेर उठाएको रु ६२ हजार सो मन्दिरमा लगानी गरेका छन् । त्यसैगरी सो गाउँका स्थानीय मिलेर गच्छेअनुसारको रकम उठाएर जलेश्वर शिवालय मन्दिर निर्माण गरेका हुन् ।
स्थानीय हरिकुमारी कुइँकेलले दिएको एक कट्ठा जग्गामा सो मन्दिर निर्माण गरिएको हो । गाउँलेले रु ५०० देखि रु १३ हजारसम्म नगद सहयोग गरेका छन् । चन्द्रप्रसाद ढुङ्गानाले रु ११, हजार १११ अर्जुन मोक्तानले रु ११ हजार २०, रत्नबहादुर बोहोराले रु दश हजार ९००, रीता पाण्डेले रु १३ हजार सहयोग गर्नुभएको छ ।
त्यस्तै रु ५०० र एक हजार सहयोग गर्ने ५०० स्थानीय रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुणकर्ण तुम्हाम्पोले जानकारी दिनुभयो । तुम्हाम्पोका अनुसार रु दुई लाख ६१ हजार २६५ को लागतमा मन्दिर निर्माण सम्पन्न भएको हो ।