Aamsanchar

नक्कली नागरिकताको आशंकामा युवक पक्राउ

Author Image
सोमवार, फागुन १६, २०७३

विराटनगर :

नक्कली नागरिकता लिएको आशंकामा मोरङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरीको वेलही–५ स्थायी ठेगाना रहेका र हाल मोरङ कदमाहा–५ बस्ने मोहम्मद हसनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

हसनले जिल्ला प्रशासन कार्यालय मोरङमा राहदानी लिन जाँदा आवश्यक कागजात हेर्ने क्रममा शंका लागेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो।

उनको नागरिकताको विषयमा थप अनुसन्धानका लागि सप्तरीस्थित जिल्ल प्रहरी कार्यालयलाई पत्र पठाइ अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रवक्ता योगन्द्र सिंह थापाले बताए।

महम्मद हसनले पेश गरेको सप्तरी जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको नागरिकताको अभिलेख नभेटिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। हसनलाई मोरङ जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर