Aamsanchar

अलैंचीको बेर्नाबाट मनग्गे आम्दानी

Author Image
सोमवार, फागुन १६, २०७३

ताप्लेजुङ।

ताप्लेजुङका अलैंची कृषकले अलैंची बेर्नाबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

खोक्लिङ, सावा, लिवाङ, हाङ्देवासहित नगरपालिका क्षेत्रका अलैंची कृषकले अहिले फलका साथै बेर्नाको उत्पादन गरेर बिक्री गर्दै आएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।

गाउँ विकास समिति र कृषि विकास कार्यालयको अनुदानमा आधुनिक नर्सरीबाट बेर्ना उत्पादन गरी जिल्लाभित्र र बाहिर निकासी गर्दै आएको खोक्लिङ गाविसका कृषक तारामान साँवाले बताए ।

लगानी अनुसार प्रतिफल पाउन थालेपछि अलैंची कृषकले लगानी बढाएको र आधुनिक नर्सरी बिस्तार गर्न थालेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर