Aamsanchar

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

Author Image
सोमवार, फागुन १६, २०७३

दमक :

झापाको दमकमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दमक–बेलडाँगी सडक खण्डमा पर्ने देवान चोकमा भएको दुर्घटनामा दमक ८ का राम विकको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ।

को २२ प १४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा पछाडि बसेका विकको मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकका डीएसपी राजन लिम्बुले बताए।

यस्तै दुर्घटनाबाट चालक रामबहादुर राई सामान्य घाइते भएका छन्। उनलाई स्थानीय अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा मृत्यु भएका विकको शवलाई पोष्टमार्टमका लागि मोरङको मंगलबारे स्वस्थ्यचौकीमा लगिएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर