Aamsanchar

निर्वाचन हुन नदिने षड्यन्त्र हुँदैछ – मन्त्री बुढाथोकी

Author Image
सोमवार, फागुन १६, २०७३

पाँचथर ।

सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ । फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री बुढाथोकीले त्यो षड्यन्त्र एमालेले गरिरहेको आरोप लगाउनुभयो ।

बाहिर निर्वाचनको रटान लगाएर भित्रभित्रै मिति गुजारी सरकारलाई असफल बनाउने षड्यन्त्रमा एमाले लागेको मन्त्री बुढाथोकीको आरोप थियो ।

“संविधान बाइबल र गीता होइन यो संशोधन हुँदै जान्छ”, उहाँले भन्नुभयो – “तर संशोधनको सबैभन्दा ठूलो बाधक एमाले बनेको छ ।” मन्त्री बुढाथोकीले संशोधन प्रस्तावमा मुलुकलाई अहित हुने कुनै विषय नभए पनि आफू पछि परिन्छ भन्ने डरले एमालेले अनावश्यक बखेडा झिकेको आरोप लगाउनुभयो ।

मन्त्री बुढाथोकीले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा पनि काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गरी मुलुकलाई निकास दिने दाबी गर्नुभयो । मन्त्री बुढाथोकी जिल्लाको जोरपोखरीमा आयोजित नेपाल शिक्षक सङ्घको क्षेत्रीय भेलामा सहभागी हुन पाँचथर आइपुग्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)