Aamsanchar

रक्सी खाएर विद्यालय जाने शिक्षकलाई शिक्षा कार्यालय सफा गर्न लगाइयो

Author Image
मङ्गलवार, फागुन १७, २०७३

खोटाङ,

खोटाङमा रक्सी खाएर पटक पटक विद्यालय आउने शिक्षकलाई सरसफाई गर्ने सजाय दिइएको छ ।

सुध्रिनका लागि पटक पटक चेतावनी दिँदा पनि रक्सी खाएर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मिनबहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाइ गर्ने सजाय दिइएको हो ।

खत्री निमावि तहका अस्थायी शिक्षक हुन् । रक्सी खाएर विद्यालय आउने शिक्षकलाई आइतबार काजमा जिल्ला शिक्षा कार्यालय ल्याएर सरसफाई गर्ने जिम्मा दिइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।

नसुध्रिएसम्म खत्रीलाई काजमा शिक्षामै राखिने शिक्षाले जनाएको छ । मादक पदार्थ सेवन गरेर विद्यालयमा आएको अवस्थामा शिक्षक खत्री गएको कात्तिक ३० गते विद्यालयबाटै पक्राउ परेका थिए । आगामी दिनमा गल्ती नदोहो¥याउने सर्तमा बसेका खत्रीले पुनः रक्सी खाएर विद्यालयमा आउन थाले पछि शिक्षा कार्यालयमा लगिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर