Aamsanchar

कोरियामा नेपालीको माग बढ्यो, १० हजार २ सयको माग

Author Image
मङ्गलवार, फागुन १७, २०७३

काठमाडौं,

कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कारियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको छ ।

यस मध्ये ६ हजार २ सय कृषि क्षेत्रमा र ४ हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । इपिएस कोरिया शाखाका निर्देशक बावुराम खतिवडाका अनुसार नेपाली कामदार इमान्दार र मेहनती भएका कारण कोरियन साहुको रोजाइमा परेका हुन् । यस वर्षका लागि भने अहिले सम्म २ हजारको लेवर कन्ट्रयाक आएको छ ।

यस्तै आउँदो वर्षका लागि भाषा परिक्षाको फारम आउँदो चैत ९ गते देखि १८ गते सम्म खुल्ला हुने भएको छ । फारम अनलाइनबाटै भर्न सकिने छ । परिक्षा जेठ २८ र २९ गते गर्ने तयारी भएको निर्देशक खतिवडाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर