Aamsanchar

घुस लिने र दिने दुबै प्रहरी खोरमा

Author Image
मङ्गलवार, फागुन १७, २०७३

बर्दियाः

प्रहरीले घुस लिएको तथा दिएको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । सानोश्री नगरपालिका- ८ निवासी ५७ वर्षीय भक्तबहादुर कामी र बिरबहादुर मगरलाई २० हजार रुपैयाँ घुस लेनदेनको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

कामीको छोराले मादक पदार्थ सेवन गरी पुष २८ गते पशुगोठमा आगो लगाई दुई जीउ राँगाको मृत्यु भएपछि सो मुद्धा मिलाई दिन्छु, प्रहरीसँग मेरो चिनजान छ भन्दै मगरले कामीसँग २० हजार रुपैयाँ घुस मागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरी संगठनको बदनाम गर्दै घुस लिने बिरबहादुर मगर र घुस दिने भक्तबहादुर कामी दुवैलाई पक्राउ गरी ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर