सोलुखुम्बु ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचनका लागि संयुक्त सरकार आवश्यक रहेको बताउनुभएको छ ।
सोलुखुम्बुको वाकुस्थित सगरमाथा माध्यामिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै संयोजक डा भट्टराईले भागबण्डामा बनेको सरकारले निर्वाचन गराउँदा भ्रष्टाचार बढ्ने र सुशासन खल्बलिने भएकाले तीनवटै निर्वाचन सम्पन्न गरुञ्जेलका लागि संयुक्त सरकार आवश्यक रहेको बताउनुभयो ।
नेता भट्टराईले अहिले निर्वाचनका लागि खर्च जुटाउन जङ्गल र डाँडा दोहन बढेको भन्दै निर्वाचनलाई सभ्य बनाउन दलहरुलाई सरकारले नै खर्च दिनुपर्ने बताउनुभयो ।
संविधान संशोधन नगरी अहिलेकै अवस्थामा निर्वाचन हुनै नसक्ने भन्दै डा भट्टराईले आदिवासी जनजाति तथा मधेसीलगायतले उठाएको विषय समाधान गर्ने गरी संविधान संसोधनपछि मात्र निर्वाचन हुनुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 152