Aamsanchar

सामुदायिक वनको पहलमा सबैको घरमा सौर्यबत्ती

Author Image
बिहिवार, फागुन १९, २०७३

(नरेन्द्र ढकाल)
झापा,
अनियमित रुपमा हुने लोडसेडिङका कारण अन्धकारमा बस्नु परिरहेको बेला झापामा रहेको एक सामुदायिक बनले सबै उपभोक्ताको घर–घरमा सौर्यबत्ती पु¥याएको छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर झापाको कनकाईनगरपालिका १ र २ मा रहेको जामुनबारी सामुदायिक बनले आफ्ना सबै उपभोक्ताको सबै घरमा सौर्यबत्ती पु¥याएको छ ।
७८० उपभोक्ता रहेको जानमुनबारी सामुदायिक वनले ३ सय घरमा निःशुल्क, १५० घरमा ५० प्रतिशत छुट र बाकीँ घरमा आफ्नै लगानीमा सौर्यबत्ती जाडान गरिएको वनका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिए । उनका अनुसार मध्यम, निम्न, अति निम्न र सुकुम्बासी भनेर चार वर्गमा विभाजन गरेर अनुदान दिइएको छ । दुई वटा बत्ती भएकालाई निःशुल्क, चारवटा भएकालाई ५० प्रतिशत छुट र चारभन्दा माथि बत्ती प्रयोग गर्नेलाई पुरा शुल्क लिएर सौर्यबत्ती जडान गरिएको बताइएको छ । सबै उपभोक्ताहरुले एकै साथ सौर्यबत्तीको प्रयोग गरेर नमुना प्रस्तुत गरेको गिरीको भनाई छ ।
वि.सं. २०५२ सालमा स्थापना भएको जामुनबारी सामुदायिक वन अहिले जामुन खाडी नामले परिचित रहेको छ । आफुहरुले मेनहत र सबै उपभोक्ताको लगानशिलताले गर्दा नै यो अवस्थामा आउन सफल भएको अध्यक्ष गिरीले उल्लेख गरे । २२ लाख रुपैंया खर्च गरेर सबैको घरमा सौर्यबत्ती जडान गरिएको भन्दै अध्यक्ष गिरीले भने–हामीले एकता प्रर्दशन गरेकाले नै जामुनवारी देखि जामुनखाडी सम्म आइपुग्यौं । यसमा सबै उपभोक्ताको लगानी छ । हामीले अरुको मुख ताक्ने भन्दा पनि कामिलाले झैं मिलेर मेनहत गरेर काम गरेर विकास गर्न सफल भयौं ।

४३४ हेक्टर क्षेत्रफलमा फैलिएको वनको संरक्षण गर्दै वनको विविधताको पनि संरक्षण गर्न सफल भएको गिरीको भनाई छ । गिरीका अनुसार सामुदायिक वनको ३४ हेक्टर क्षेत्रफलमा जामुनखाडी सिमसारको निर्माण गरिएको छ । सिमसार क्षेत्रमा नै वन्यजन्तुको संरक्षण तथा वनभोज स्थलहरु समेत रहेका छन् ।
जामुनखाडी सिमसार क्षेत्रमा यो वर्ष तीन लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष गिरीले बताए । उनका अनुसार वन क्षेत्रबाट भएको आम्दानीले वनको उपभोक्ताको जीवन स्तर उकास्नमा नै खर्च गरिने छ ।
घर–घरमा गोबर ग्यास
सामुदायिक वनले वनको संरक्षण गर्ने उद्धेश्यले हरेक घरमा गोबर ग्यास जडान गर्न अभिप्रेरित गर्दै अनुदान समेत दिएको गिरीको भनाई छ । वनले नै गर्दा उक्त क्षेत्रका बासिन्दाको आर्थिक सुधार तथा विकासको पूर्वाधारमा टेवा पुगेको बताइएको छ ।

अध्यक्ष गिरीका अनुसार वनको संरक्षण गर्ने उद्धेश्यले दाउराको खपत कम गर्न तथा वातावरणलाई जोगाई राख्न गोबर ग्यासमा अनुदानको ब्यवस्था समेत गरिएको छ । आर्थिक अवस्था हेरर सहयोग गर्ने गरिएको उनको भनाई छ ।
सबै घरमा शौचालय
सरकारले सन् २०१७ भित्र देशलाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गर्ने उद्धेश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका बेला सामुदायिक वनको पहलमा जामुनवारी सामुदायिक वनका सबै उपभोक्ताहरुले शौचालय निर्माण गरेका छन् ।

आफुहरुले शौचालय निर्माण गर्न प्रेरित गरेकै कारण सबैले आ–आफ्नो घरमा शौचालय निर्माण गरेका अध्यक्ष गिरीले जानकारी दिए । सबैको घरमा शौचालय भएपनि उक्त क्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र भने घोषणा गरिएको छैन् । गिरीले आफुहरुले काम गरेपनि चर्चामा आउनका लागी मात्र कुनै काम नगर्ने बताए । उनले सबैको घरमा सौर्य बत्ती र शौचालय हुनु यो सामुदायिक वनका लागी नै गौरवको विषय भएको बताए ।

Views: 196

प्रतिक्रिया (०)