Aamsanchar

झापाली समाज यु.ए.ई. द्वारा पिडितलाई आर्थिक सहयोग

Author Image
बिहिवार, फागुन १९, २०७३

भरत शिवाकोटी

   [युएई]

विगत लामो समयदेखि झापा जिल्लाको सामाजिक सेवा कार्यमा केन्द्रित हुने गरि युएईमा रहेका झापालीहरू संगठित भएर गठन गरिएको झापाली समाज यु.ए.ई. ले विभिन्न कार्यहरु गर्दै आइरहेको छ |

यहि कार्यलाई निरन्तरता दिदै समाजले मृगौला,पाठेघर र कलेजोको समस्याबाट ग्रसित आर्थिक अवस्था कमजोर भएर उपचारमा कठिनाइ भोगिरहेकी झापा जिल्ला केर्खा निवासी पुनम कुमारी दर्जीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ | झापाको केर्खामा एक कार्यक्रम गरि १ मार्च २०१७ का दिन प्रमुख अतिथी झापाली समाज यु.ए.ई. का अबुधाबी क्षेत्रीय समिती अध्यक्ष हिमाल अधिकारीले पिडित पुनम कुमारी दर्जीलाई रु. २५,७७५|- नगद सहयोग हस्तान्तरण गरेका हुन |

गत २४ फेब्रुअरी २०१७ मा दुई चिरामा विभक्त भएको झापाली समाजको एकता वनभोजमा विभिन्न दाताहरुबाट उक्त रकम संकलन गरिएको जानकारी समाजका केन्द्रीय सदस्य प्रकाश सिग्देलले दिएका छन | समाजको नेपाल सम्पर्क समितीको व्यवस्थापनमा कार्यक्रम भएको सम्पर्क समितीका उपाध्यक्ष गणेश बुढाथोकीले जनाएका छन |

उक्त कार्यक्रममा समाजका आजीवन सदस्य बिन्दु आचार्य पोख्रेल को समेत उपस्थिति थियो भने झापाली समाजका कार्यक्रममा विगत देखि नै सहयोग गर्दै आउनुभएका तिलरुपा दहाल, टीका पोख्रेल, सुस्मा खतिवडा, मोहन प्रसाद भट्टराई लागायत स्थानीय बुद्दिजीवी तथा सर्वसाधारणको समेत उपस्थिती रहेको थियो |

कार्यक्रममा प्रमुख अतिथि समाजका युएई, अबुधाबीका क्षेत्रीय अध्यक्ष हिमाल अधिकारीले झापाली समाज यु.ए.ई. ले आफ्नो स्थापना देखि नै झापालीहरुको आपत बिपत र दु:ख, पिडामा मलम लगाउने काम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउँदै स्थानीय तवरबाट समेत समाजलाई प्राप्त सहयोग र सदभावले युएईमा रहेका सहयोगी मनहरु र झापाली समाज यु.ए.ई. लाइ झनै उर्जा मिलेको बताएका थिए l नगद सहयोग हस्तान्तरण पश्चात पीडितका परिवारले खुशी व्यक्त गर्दै झापाली समाज यु.ए.ई. र सम्पूर्ण सहयोगी मनहरु प्रती आभार एवं खुशी प्रकट गरेका छन |

नेपाल सम्पर्क समितीका उपाध्यक्ष गणेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उमानाथ भन्डारीले गरेका थिए |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर