Aamsanchar

सुदीपको शव नेपाल ल्याउन झापाली समाज अष्ट्रेलियाको उदाहरणीय सहयोग

Author Image
बिहिवार, फागुन १९, २०७३


बिर्तामोड ।

झापाको विकास र झापालीको हितमा सक्रिय झापाली समाज अष्ट्रेलियाले पछिल्लो समय एउटा उदाहरणीय काम गरेको छ ।
अष्ट्रेलियामा सामुद्रिक दुर्घटनामा परी ज्यान गुमाएका झापा बिर्तामोडका सुदिप उप्रेतीको शव सहयोग जुटाएर नेपाल पठाउन समाजले उदाहरणीय भूमिका निर्वाह गरेको हो ।
समाजले सुदिप उप्रेती हेल्प गु्रप बनाएर जन संकलन अभियान सञ्चालन गरेको थियो । अभियान अन्तर्गत तीन दिनमा छ लाख ७६ हजार दुई सय रुपैयाँ संकलन भएको समाजका संस्थापक अध्यक्ष तथा संरक्षक दिनेशकुमार पोखरेलले जानकारी दिए ।
उक्त रकममध्ये पाँच लाख ७६ हजार दुई सय रुपैयाँ उप्रेतीको शव नेपाल ल्याइपु¥याउने प्रक्रियाका लागि खर्च भएको समाजका सचिव रुपराज मैनालीले बताए । मैनालीका अनुसार बचेको एक लाख रुपैयाँ उप्रेती परिवारले सुदिपको नाममा स्थापना गर्ने ट्रष्टमा समाजको तर्फबाट जम्मा गरिनेछ ।
सुदिपको शव जतिसक्दो चाडो सहयोग जुटाएर नेपाल पु¥याई परिवारजनको जिम्मा लगाउने प्रक्रियाका लागि समाजका संस्थापक अध्यक्ष पोखरेल, वर्तमान अध्यक्ष दिपक खनाल, सचिव मैनाली, सहसचिव अशोक उप्रेती, तीर्थ खतिवडा, दिपक चुडाल लगायत अष्ट्रेलियाबासी झापालीको योगदान महत्वपूर्ण रहेको बताइएको छ ।
अष्ट्रेलियामा बसोबास गर्ने झापाली विद्यार्थीको यसरी दुर्घटनामा परी मृत्यु भएको यो पहिलो घटना भएको समेत बताइएको छ । गत १३ फेबु्रअरी राति अष्ट्रेलियाको सिड्नीस्थित सामुद्रिक किनारमा उनी दुर्घटनामा परी डुबेका थिए । तीन दिनपछि फेला परेको उनको शव एक हप्ताभित्र नेपाल ल्याइएको थियो ।
फागुन १७ गते कनकाई माईमा सुदिपको शवको अन्त्येष्टी भएको छ भने मेचीनगरको मागुमाडीमा उनको काजकिरिया कर्म भइरहेको छ । समाजका संस्थापक अध्यक्ष पोखरेलले सुदिपको मृत्युपछि सहयोग र शव पठाउने कार्यमा समाजले अभिभावकको भूमिका निर्वाह गरेको बताए । उनले भने– ‘नेपाली त्यसमा पनि झापालीलाई आपत पर्दा झापाली समाज अष्ट्रेलिया जहिले पनि अभिभावकको भूमिका निर्वाह गर्नबाट चुक्ने छैन ।’ सुदिप बिर्तामोड निवासी मेदनी उप्रेती र विमला उप्रेतीका एक मात्र छोरा थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर