सोलुुखम्बु,

आज दिउँसो चलेको हावाहुरीका कारण सदरमुकाम सल्लेरीस्थित शिखर एफएम ९९.६ मेगाहर्जको टावर भाँचिएको छ ।

सदरमुकाम सल्लेरीमा आज बिहानैदेखि ठूलो हावाहुरी चलेकामा अपराह्न करिब ३ः३० बजे एफएमको टावर भाँचिएको एफएम सञ्चालक समितिका सदस्य दीपकराज भण्डारीले जानकारी दिनुभयो ।

विसं २०७० देखि सञ्चालनमा आएको सो व्यावसायिक एफएम एक हजार वाट क्षमताको हो ।
Views: 299

