Aamsanchar

   ‘’शहिद लखन १४०औं स्मृाति तथा ३५औं मगर दिवस युएईमा’’

Author Image
शुक्रवार, फागुन २०, २०७३

भरत शिवाकोटी,

   [युएई]

नेपाल मगर संघ युएई शाखा द्वारा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४०औं स्मृाति तथा ३५औं मगर दिवस गत शुक्रबार, २४ फेब्रुवरी २०१७ को दिन दुबई स्थित ईम्पेरियल सुइट होटेलमा विभिन्न सांस्कृतिक झाँकी तथा विविध सांगीतिक प्रस्तुतिहरुका साथ सम्पन्न भएको छ ।

युएईका लागि नेपाली राजदुतावासका कार्यवाहक राजदुत नेत्र बहादुर टन्डन को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा, विशिष्ट अतिथी नेपाल मगर संघ केन्द्रिय कार्यसमितीका वरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्ति मगर थिए भने विशेष अतिथीहरुमा नेपालका चर्चित मोडेल तथा कलाकार आरुषी अस्लामी मगर, अन्तराष्ट्रिय मगर मन्चका सदस्य गिरिमान थापा मगर, नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष डेरराज तमु रहेका थिए | विभिन्न संघ-संस्था तथा राजनैतिक दलका प्रतिनिधिहरु,जनजाति महासंघ युएई सँग आवद्द जातीय संस्थाका प्रमुखहरु,समाजसेवी तथा बुद्दिजिवी अतिथी रहेकोकार्यक्रमको प्रायोजक फिस्टेल ट्राभल्स, चलचित्र परदेशी युनिट,इन्डेक्स एक्सचेन्ज आदिले गरेका थिए भने कार्यक्रममा पत्रकार लगायत युएईको विभिन्न स्थानहरुबाट आएका आदिवासी जनजाती तथा नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

३५औं मगर दिवसको रुपमा ३५वटा दिप प्रज्वलन गरि कार्यक्रमउदघाटन गरे पश्चात नेपाली राष्ट्रिय गान गाइएको थियो भने तत्पश्चात प्रथम शहिद क्याप्टेन लखन थापा मगरको तस्वीरमा मल्यार्पण गरि ज्ञात-अज्ञात शहिदहरुलाई स्मरण गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी राजदुत नेत्र बहादुर टन्डनले प्रवासमा रहे पनि कार्यक्रमले गाउँघरमा बसे झैंअनुभूत गराएको र आफु ९०% मगर बस्तीमा हुर्केर पनि यस्तो विविधतायुक्त संस्कृतिमाझ घुलमिल हुने मौका नपाएको उल्लेख गरे |विभिन्न जनजातीहरुले गर्ने यस्ता कार्यक्रमहरुले हामीलाई नेपाली भनेर चिनाउन पाउँदा प्रवासमा भए पनि गौरवको महशुस त हुन्छ नै हाम्रा संस्कृतिहरुको जगेर्ना समेत हुन्छ राजदुत टन्डनले बताए ।

कार्यक्रमका विशेष अतिथी नेपालबाट आएका नेपाल मगर संघ केन्द्रका बरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्ती मगरले बि. सं. १९३३ फाल्गुन २ मा गोर्खामा शाहदत्त प्राप्त गरेका लखन थापा मगर लाई जनजाती भएकै कारणले सरकारले पहिलो शहिद घोषणा गर्न ढिला गरेकोमा गुनासो व्यक्त गरेका थिए l उनले अगाडी भने, जनजातीहरुले आफ्नो संस्कृति, संस्कार, परम्परा, भाषा, भेषभुषा आदि बिर्से पहिचान हराउनेछ, नेपालमा भाषाकै कारण बिभेद गरिएको छ, घरमा लोग्नेस्वास्नीले पनि नबोल्ने संस्कृत भाषाका विश्वविधालयहरुलाई सरकारले बहुभाषी विश्वविधालय घोषणा गर्नु पर्ने माग नेपाल मगर संघ केन्द्रको रहेको छ । उनले नेपालमा संघियतालाई गलत अर्थ लगाएको, मगरात राज्य हुँदैमा मगरको मात्रै अधिकार नहुने, सबै जातजातीको समान अधिकार रहने र मगर बाहुल्यता भएकै क्षेत्र मगरात राज्य हुनुपर्ने माग दोहोर्याएl

अर्का विशेष अतिथी नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष डि. आर. गुरुङले सांस्कृतिक रुपमा जागरुक हुनु आफ्नो पहिचानको महत्व बुझ्नु हो, प्रचार प्रसार गर्नु हो र यसलाई बैधानिकरुपमा संस्थागत गर्न र युगौंयुग सम्म स्थापित गर्न राजनैतिक रुपमा पनि जागरुक हुनु पर्ने विचार ब्यक्त गरेका थिए l अन्तरराष्ट्रिय मगर मन्चका सदस्य गिरिमान थापा मगरले अबको आवश्यकता भनेको आदिवासीहरुको एकता र पहिचान भएको बताएका थिए भने खाम भाषा संरक्षण समिती युएईका अध्यक्ष पृथ्वी छक मगरले आफ्नो भाषामै मन्तब्य राख्दै मगरहरुको संस्थागत र भाषागत एकतामा जोड दिएका थिए l कार्यक्रममा अन्य विभिन्न वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए l

संघलाई निरन्तर रुपमा सहयोग गर्ने उप-संरक्षक असोक रम्जाली मगर, सल्लाहाकार भरत राना मगर, केन्द्रिय उपाध्यक्ष सुश्री शिला राना मगर, कोषाध्यक्ष नुरेन्द्र मगर, अलएन क्षेत्रीय समितीका यमन घर्ती मगर , दुबई क्षेत्रीय समितीका कला थापा मगर , मुसाफा क्षेत्रीय समितीका बिरेन्द्र चितौरे मगर लगायत कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने व्याक्तिहरुलाई सम्मान गरिएको थियो ।

नेपाल मगर संघ युएई शाखाका अध्यक्ष राजु सिंजाली मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव एच. बि. मगरले गरेका थिए भने कार्यक्रम संयोजक संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्र राना मगरले स्वागत मन्तब्य राखेका थिए l

औपचारिक कार्यक्रम समापन पश्चात नेपालका चर्चित मोडेल तथा डान्सर अरुषी अस्लामी मगरको जोडदार नृत्यले दर्शक दिर्घालाई भरपुर मनोरन्जन दिदै नचाएको थियो भने मगर समुदायमा अती प्रचालित सोरठी, कौडा, सालैज्यु र पञ्चै बाजा लगायतका सुमुधुर सांगितीक प्रस्तुतीले अतिथीहरु लगायत सबैलाई छमछमी नचाउन सफल रहेको थियो l सांस्कृतिक कार्यक्रम सिता रजली मगर,सानिका थापा मगर र भुवन थापा मगरले संयुक्त रुपमा रोचक र आकर्षक ढंगले संचालन गरेका थिए l

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर