Aamsanchar

हावाले विद्यालय, रेडियो र प्रहरी चौकीमा क्षति

Author Image
शनिवार, फागुन २१, २०७३

ओखलढुंगा,

बिहीबार राती चलेको हुरी बतासको कारण ओखलढुंगाका विभिन्न ठाउँमा लाखौं रुपैयाँको क्षति भएको छ । हुरीकै कारण जिल्लामा सञ्चालित रेडियो भिजन एफ एमको ठाडेस्थित टावर भाँचिएको छ ।

जसले गर्दा नियमित प्रसारणमा बाधा भएको छ भने चार लाख रुपैयाँ बराबरबको क्षति पुगेको स्टेशन म्यानेजर रविन श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै पोखरेको खानीभन्ज्याङस्थित सरस्वती माध्यमिक विद्यालयको कार्यालय कक्ष भएकै भवनको छानो उडाएको छ । छानो उडाएपछि कम्प्युटर, सोलार गरी तीनलाख रुपैयाँ बराबरको बराबरको क्षति पुगेको विद्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मिलन केसीका अनुसार भाडाको घरमा बस्दै आएको प्रहरी चौकी गाम्नाङटारको छानो समेत उडाएको छ ।

हावा हुरीले जिल्लाका विभिन्न ठाउँमा घरका छाना उडाएको छ । हावा हुरीले अस्थायी टहरामा बस्दै आएका भूकम्प पीडितका टहरा समेत भत्किएका छन् । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१