Aamsanchar

राप्रपामा मतभेद उत्पन्न

Author Image
शनिवार, फागुन २१, २०७३

शीर्ष नेता लोकेन्द्रबहादुर चन्द, प्र

काशचन्द्र लोहनीलगायतले विरोध गर्दागर्दै पनि अध्यक्ष्य कमल थापाले  को चुनाव चिह्न गाई हुने निर्णय गरेपछि पार्टीभित्र मतभेद उत्पन्न भएको छ। राप्रपा केन्द्रीय समितिको शुक्रबारको बैठकमा चन्द र लोहनीले चुनाव चिह्न हलो नै हुनुपर्ने अडान राखेका थिए। राप्रपाका अर्का शीर्ष नेता पशुपतिशमशेर राणा यतिखेर दिल्लीमा छन्। दिल्ली जानुअघि उनले पनि चुनाव चिह्न हलो हुनुपर्ने बताएका थिए।

                                                                                                 अध्यक्ष कमल थापाले एकपक्षीय ढंगले चुनाव चिह्न गाई हुने निर्णय सुनाएपछि शीर्ष नेतालगायत असन्तुष्ट।

   बैठकमा चन्दले  चुनाव चिह्न हलो बनाउने सहमति एकता महाधिवेशनअघि नै भएको बताएका थिए। लोहनीले राप्रपा स्थापनादेखि नै चुनाव  चिह्न हलो भएको भन्दै त्यसैलाई निरन्तरता दिनुपर्ने अडान राखेका थिए। केन्द्रीय सदस्य जगत गौचनलगायत नेताले पनि हलोकै पक्षमा अडान राखेका थिए। शीर्ष नेताहरूको अडानविपरीत अध्यक्ष्य थापाले बैठकमा पार्टीको चुनाव  चिह्न गाई भएको निर्णय सुनाएपछि मतभेद उत्पन्न भएको हो। थापाको निर्णयमा पूर्वराप्रपा नेपालका नेताले सहमति र पूर्वराप्रपाका नेताले असहमति जनाएका छन्। तर बहुमत केन्द्रीय सदस्य भने थापाको पक्षमा छन्।

‘राप्रपाको चुनाव  चिह्न हलो हुनुपर्छ भनेर मैले बैठकमा माग राखेको थिएँ तर गाई राख्ने निर्णय भयो,’ केन्द्रीय सदस्य गौचनले भने, ‘तैपनि पार्टीले निर्णय गरिसकेपछि मान्छु।’ थापाको एकलौटी निर्णयविरुद्ध असन्तुष्ट पक्षले पार्टी शुद्धीकरण अभियान गठन गरेका छन्।

यसैबीच अध्यक्ष थापाले २७ सदस्यीय पदाधिकारी चयन गरेका छन्। उनले उपाध्यक्ष्यमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द्र रायलाई राखेका छन्। महामन्त्रीमा  धु्रवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, धबलशमशेर राणा, जयन्त चन्द र सुनिल थापा तोकिएका छन्। त्यस्तै हेमजङ गुरुङ, नीलकन्ठ काफ्ले, राम थापा, बृजलाल यादव, मनोज प्रधान, राजाराम बर्तौला, चन्द्रबहादुर गुरुङ, विन्दु पहाडी र राजेन्द्र श्रेष्ठलाई सहमहान्त्रीमा  मनोनयन गरिएको छ। पार्टी प्रवक्ताको जिम्मेवारी रोशन कार्की, सुशील श्रेष्ठ र भुवन पाठकलाई दिइएको छ।  मोहन श्रेष्ठ सहायक प्रवक्ता भएका छन्। कोषाध्यक्ष उद्धव पौडेल र सहायक कोषाध्यक्ष गिरिधर परियारलाई बनाइएको छ।

पार्टी शुुद्धीकरण अभियान 

चुनाव चिह्न हलो पक्षधर नेताले पार्टी शुद्धीकरण अभियान गठन गरेका छन्। सो अभिायनले चैत ५ गते काठमाडौंमा भेला बोलाएको छ। अभिायनको नेतृत्व महेश्वर रोकाले गरेका छन्। ‘हामीले चैत ५ गते काठमाडौंमा भेला बोलाएका छांै। सो भेलामा हलो पक्षधर सबै नेतालाई उपस्थिति हुन आग्रह गरेका छौं ,’ रोकाले भने।

स्रोतका अनुसार शुद्धीकरण अभिायनमा केही शीर्ष नेताको साथ छ। केन्द्रीय सदस्य गौचनले  नेतृत्वले सबै पक्षलाई नसमेटे पार्टी अघि बढ्न नसक्ने बताए। ‘नेतृत्वले सबै पक्षलाई नसमेट्ने हो भने पार्टी अघि बढ्न सक्दैन,’ गौचनले भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)