Aamsanchar

गृहमन्त्रीलाई चेतावनी

Author Image
शनिवार, फागुन २१, २०७३

झापा ज्यामिरगढी–३ स्थित शहिद विरेन स्मृति प्रतिष्ठान सामुदायिक भवन उद्घाटन समारोहमा नेकपा एमाले सचिव योगेश भट्टराईले गृहमन्त्रीलाई चेतावनी दिएका छन । पार्टीको मेची– महाकाली राष्ट्रिय अभियानक्रममा मधेसमा कुनै अप्रिय घटना भए त्यसको मुख्य दोषी गृहमन्त्री विमलेन्द्र निधि बन्ने र उनलाई अन्तर्राष्ट्रिय अदालतसम्म पुर्‍याउने चेतावनी दिएका छन्।  ‘एमालेको अभियान शान्त र संयमित हुनेछ, हामीले सम्पूर्ण कार्यकर्ता पंक्तिलाई सोहीअनुसार प्रशिक्षित गराएका छौं’, उनले  भने ‘तर, गृहमन्त्रीले उकासेका छन्। हामी चाहन्छौं कुनै अप्रिय घटना नहोस् केही भइहाल्यो भने त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री विमलेन्द्र निधिले लिनुपर्नेछ।’

 संविधानप्रदत्त अधिकार उपयोग गरेर एमाले अभियानमा लागेको उल्लेख गर्दै सचिव भट्टराईले सुरक्षाको सम्पूर्ण प्रबन्ध राज्यले मिलाउनुपर्ने बताए। उनले थपे, ‘त्यसक्रममा कुनै घटना भए स्वदेशको मात्रै होइन, अन्तर्राष्ट्रिय अदालतसम्म अपराधीका रुपमा  गृहमन्त्री निधिलाई एमालेले पुर्‍याउनेछ। उनलाई यसको हेक्का रहोस्।’  गहृमन्त्री निधिले मधेसमा एमाले अभियान भाँड्न षड्यन्त्र गरेको आरोप एमालेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)