Aamsanchar

६९ बच्चालाई जन्म दिने महिलाको मृत्यु

Author Image
शनिवार, फागुन २१, २०७३

प्यालेस्टाइनमा ६९ बच्चालाई जन्म दिएपछि एक महिलाको मृत्यु भएको छ । महिलाको उमेर ४० वर्ष थियो । उनको मृत्युको खबर उनका श्रीमानले पुष्टि गरेको बताइएको छ । अल अरबियाको खबर अनुसार आइतबार गाजा पट्टीमा महिलाको मृत्यु भएको हो ।

रायलयोउम वेबसाइटलाई उद्धृत गर्दै इन्डिया टुडेका अनुसार ती महिलाले १६ पटक जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । जबकि सात पटक एकैपटक तीन सन्तानलाई जन्म दिएकी थिइन् । अझै अचम्मको कुरा के छ भने उनले चार पटक चारवटा सन्तानलाई एकैपटक जन्म दिएकी थिइन् । जसअनुसार उनले जम्मा ६९ बच्चालाई जन्म दिइन् ।

आँकडाका अनुसार उनी संसारकी सबैभन्दा धेरै प्रजनन क्षमता भएकी महिला हुन् ।

एक रुसी महिलाले पनि दिएकी छिन् ६९ बच्चालाई जन्मः

यद्यपी, ६९ बच्चालाई जन्म दिने उनी पहिली महिला भने होइनन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड अनुसार भासिल्भेया नामकी एक रुसी महिलाले पनि ६९ सन्तानलाई जन्म दिएकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर