Aamsanchar

झापा क्षेत्र नम्बर क्षेत्र ५ मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Author Image
शनिवार, फागुन २१, २०७३

 { शान्तिराम बस्नेत }

शिवसताक्षी  ।

नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको झापा निर्वाचन क्षेत्र नम्बर ५ स्तरीय सम्पूर्ण खेलका छनौटहरु सम्पन्न भएका छन् ।
गोलधापस्थि जनजागृति माविको मैदानमा गत फागुन १५ गतेदेखि २० गतेसम्म सम्पन्न भएको उक्त प्रतियोगितामा विभिन्न दूरीमा छात्रछात्रा विधाकै दौड, सटफुट, कपर्दी, भलिबल, फुटबल तथा क्रिकेट खेल समावेश भएका थिए ।
प्रतियोगिता अन्तर्गत गत फागुन १५ देखि १८ गतेसम्म छात्रछात्रा तर्फकै दौड,सटफुट, कपर्दी, भलिबल सम्पन्न भएका थिए जसमा छात्र दौड अन्तर्गत १ सय मीटरमा फूलबारी, चकचकीका मनिश राजवंशी प्रथम तथा बालनिकुञ्ज, शिवसताक्षी माइधारका सौगात लिम्बु द्वितीय भएका थिए । त्यस्तै, २ सय मीटर दौड तर्फ जनकल्याण, शरणमतिका मन्त्री टुडु प्रथम तथा फूलबारी, चकचकीका मनिश राजवंशी द्वितीय स्थान ओगटेका थिए ।

त्यसैगरी, ४ सय मीटर दौडतर्फ कुवाडीदेवी, कुमरखोदका गोपाल टुडु र पशुपति, राजगढका रामलाल सन्थाल प्रथम र द्वितीय स्थान ओगटेका थिए भने ८ सय मीटर दौडतर्फ पशुपतिकै रामलाल सन्थाल प्रथम र गौरीशंकर, डाँगीबारीका शेखर मुर्मु द्वितीय भएका थिए । त्यस्तै, १५ सय मीटर दौडतर्फ पशुपतिकै राजगढका सुनिल बेस्रा र जनकल्याण, शरणमतिका सन्तोष मुर्मुले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेका थिए । त्यसैगरी ४×१०० तथा ४×४०० रिलेतर्फ पशुपति, राजगढ प्रथम तथा फूलबारी, चकचकी द्वितीय स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसैगरी छात्रतर्फ अन्य खेलहरु लङजम्पमा फूलबारी, चकचकी तथा नमूना बोर्डिङ चकचकीका मनिश राजवंशी तथा सोनु गणेश प्रथम र द्वितीय, हाईजम्प जनजागृति, गोलधाप र जनआदर्श, शिवगञ्जका सुनिल गजमेर र दिलिप कुमार राजवंशी क्रमशः प्रथम र द्वितीय, ट्रिपलजम्पमा गौरीशंकर, डाँगीबारीका शेखर मुर्मु प्रथम र फूलबारी, चकचकीका देवानन्द राजवंशी द्वितीय भएका थिए ।

त्यस्तै, सटपुटमा फूलबारी चकचकीकै रमेश राजवंशी र जनजागृति गोलधापका प्रकाश थापाले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका थिए भने ज्याभलिन थ्रोतर्फ चिल्ड्रन गार्डेन गोलधापका सुरज निरौला प्रथम तथा गौरीशंकर, डाँगीबारीका रविन राजवंशी द्वितीय स्थान ओगट्न सफल भएका थिए ।
यता, कपर्दीतर्फ फूलबारी, चकचकी प्रथम तथा त्रिभुवन, पाँचगाछी द्वितीय स्थान रहँदा भलिबलतर्फ दिपजन बोर्डिङ डाँगीबारी प्रथम तथा ज्ञानज्योती, राजगढ द्वितीय स्थान हासिल गर्न सफल भएका थिए त्यस्तै १९ गते सम्पन्न फुटबल प्रतियोगितातर्फ ध्रुवतारा बोर्डिङ दूधे प्रथम तथा पशुपति, राजगढ द्वितीय भएका थिए भने २० गते सम्पन्न क्रिकेटतर्फ ज्ञानज्योती, राजगढ प्रथम तथा शिवसताक्षी–६ स्थित झिलझिले मावि द्वितीय स्थान ओट्न सफल भएका थिए ।
यसैगरी १५ देखि १८ गतेसम्म भएका छात्रा विधाका विभिन्न खेलहरु अन्तर्गत दौड १ सय मीटरमा त्रिभुवन, पाँचगाछीकी सञ्जु हेमरम प्रथम तथा बालनिकुञ्ज, शिवसताक्षी माइधारकी सबिना दर्नाल द्वितीय भएका थिए । त्यस्तै, २ सय मीटर दौड तर्फ ज्ञानज्योती राजगढकी सुष्मा नेपाल प्रथम तथा जनकल्याण, शरणमतिकी छितो हेमरमले द्वितीय स्थान ओगटेका थिए । त्यसैगरी, ४ सय मीटर दौडतर्फ चेतना, शिवसताक्षी ब्याङ्गडाँडाकी निषा माझी र जनता शरणमतिकी मेनुका शाहले क्रमशः प्रथम र द्वितीय स्थान ओगटेका थिए भने ८ सय मीटर दौडतर्फ शिवसताक्षी ब्याङ्गडाँडाकै चेतनाकी निषा माझी प्रथम र बालनिकुञ्जकी सविना दर्नाल द्वितीय भएका थिए । त्यस्तै, १५ सय मीटर दौडतर्फ जनकल्याण, शरणमतिकी छितो हेमरम र फूलबारी, चकचकीकी कोमल निरौलाले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेका थिए ।

त्यसैगरी ४×१०० रिलेदौडतर्फ ज्ञानज्योती, राजगढ तथा बालनिकुञ्ज, माइधारले क्रमशः प्रथम र द्वितीय स्थान ओगट्दा ४×४०० रिलेतर्फ बालनिकुञ्ज, माइधार प्रथम तथा ज्ञानज्योती, चकचकीले द्वितीय स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसैगरी छात्रा विधाका लङजम्पमा जनजागृति, गोलधापकी सुनिता बेस्रा प्रथम तथा फूलबारी, चकचकीकी ललिता राजवंशी द्वितीय, हाईजम्प फूलबारी, चकचकी र जनजागृति, गोलधापकी ललिता राजवंशी तथा सुनिता बेस्रा क्रमशः प्रथम र द्वितीय, ट्रिपलजम्पमा शरणमतिका जनकल्याणकी गंगा दाहाल प्रथम तथा गौरीशंकरकी प्रियंका राजवंशी द्वितीय भएका थिए ।

त्यस्तै, सटपुटमा फूलबारी, चकचकीकी शुसिला लिम्बु र राष्ट्रिय रमणीय, शिवसताक्षी दूधेकी गणिता राईले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका थिए भने ज्याभलिन थ्रोतर्फ फूलबारी, चकचकीकै शुसिला लिम्बु प्रथम तथा जनकल्याण, शरणमतिकी मुन्नी सोरेन द्वितीय स्थान ओगट्न सफल भएका थिए ।
यता, छात्रा भलिबल छात्रातर्फ शिवसताक्षीका विद्यालयहरु आफूलाई अब्बल दर्जामा उर्तान सफल भएका छन् जसमा दूधेको राष्ट्रिय रमणीय तथा भगवती मावि, ब्याङ्गडाँडाले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरिरहँदा कपर्दीतर्फ फूलबारी मावि चकचकी प्रथम तथा जनजागृति मावि गोलधाप द्वितीय स्थानमा चित्त बुझाउनु परेको थियो ।
त्यस्तै १९ गते सम्पन्न छात्रा फुटबल प्रतियोगितातर्फ पनि शिवसताक्षीले आफूलाई अगाडी बढाएको छ जसमा दूधेकै क्याम्ब्रिज बोर्डिङ तथा झिलझिलेको सैनिक चिल्ड्रेनले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेका थिए छात्रा क्रिकेटतर्फ राष्ट्रिय रमणीय, शिवसताक्षी दूधे मात्रै प्रतियोगितामा भाग लिएकोले सोझै विजयी घोषित गरिएको थियो ।
क्षेत्रीय स्तरको प्रतियोगिताबाट छनौट भएका पहिलो र दोस्रो हुने विद्यालयले जिल्ला स्तरीय प्रतियोगितामा उपाधिका लागि आउँदो फागुन २२ गतेदेखि जिल्ला खेलकुद विकास समितिको तालिका अनुसार खेल्नुपर्ने बताइएको छ ।
सम्पन्न प्रतियोगिताको उद्घाटन सत्रमा क्षेत्र नं. ५ का सांसद हरीबहादुर राजवंशीले रनिङ ट्रयाकमा दौडेर उद्घाटन गरेको कार्यक्रममा आयोजक विद्यालय जानजागृति मावि, गोलधापले आगन्तुकहरुलाई स्वागत नृत्यले स्वागत गरेका थिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि फिल्ड एण्ड ट्रयाक तर्फ राजनारायण चौधरी र टीकाराम खरेल, कपर्दीतर्फ जयबहादुर लिङदेन र देवराज गिरी, फुटबलतर्फ अभिनाष राजवंशी र भीरकुमार दाहाल, भलिबल तर्फ भीमप्रसाद घिमिरे र प्रेमकुमार गुरुङ, अभिलेख व्यवस्थापनतर्फ झमक तिम्सिना र हरीप्रसाद ओली तथा क्रिकेटतर्फ शान्तिराम बस्नेत र जगन्नाथ राजवंशीलाई मुख्य जिम्मेवारी दिइएको थियो ।
सम्पन्न प्रतियोगितामा कपर्दीका राष्ट्रिय रेफ्रीहरु रतिया राजवंशी, उत्तम पौडेल तथा फुटबलमा उज्जवल आङदेम्बेले अम्पायरको भूमिका निर्वाह गरेका थिए ।
गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको स्वागत मन्तव्य आयोजक विद्यालय जनजागृति मावि गोलधापका प्रअ तथा कार्यक्रमका सचिव हरीप्रसाद संग्रौलाले गरेका थिए भने कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, कोषाध्यक्ष धर्मराज शिवाकोटी, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, खेलप्रेमी, विद्यालयहरुका प्रधानाध्यापक तथा खेल शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत माईपूर्व तथा पश्चिम गरी ४० भन्दा बढी माध्यमिक विद्यालय भएता पनि १५ भन्दा कम माध्यमिक विद्यालयका खेलाडी छात्रछात्राहरुले प्रतियोगितामा भाग लिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर