Aamsanchar

फागुन २४ गतेदेखि शिवसताक्षीमा क्रिकेट प्रतियोगिता हुने

Author Image
शनिवार, फागुन २१, २०७३

{शान्तिराम बस्नेत}

शिवसताक्षी । झापाको शिवसताक्षीको इतिहासमै सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ ।
तेस्रो प्रतियोगिताको रुपमा आउँदो फागुन २४ गतेदेखि शुरु हुने भनिएको “मिलन स्मृति नकआउट ट्वान्टी प्रतियोगिता” को विजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएको छ भने उपविजेताले ११ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने बताइएको छ ।
आयोजक समितिका संयोजकका डिल्ली श्रेष्ठले जानकारी दिए अनुसार झापा र मोरङ जिल्लाका १६ टीम समावेश हुनेछन् । उनले भने ः “युवाहरु अहिले लागुपदार्थ दुव्र्यसनी तथा मोबाइल एडिक्टबाट थोरै भएपनि छुटकारा दिन यो प्रतियोगिता सञ्चालनमा ल्याएका हौं । विविध कारणवश रोकिएको थियो अब नियमित हुन्छ ।”
७ वर्षअघि २०६६ साल फागुन २४ गतेकै दिन सोही क्षेत्रकै क्रिकेट खेलाडी १५ वर्षीय मिलन साँवाको दूधे शिवगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएपछि उनको स्मृतिमा सो प्रतियोगिता सञ्चालनमा ल्याएको मिलनका काका बिजय साँवाले बताए ।
विगतको समयमा क्रिकेटको नगरको रुपमा परिचित उक्त क्षेत्रमा अधिकांश खेलाडी हुँदाहुँदैं पनि वैदेशिक रोजगारप्रतिको मोह तथा भनेजस्तो खेल मैदान नहुँदा दिनप्रतिदिन उक्त खेलमा चासो हराउँदैं गएको थियो ।
खेल दूधेबाट करीब १ किमी पूर्व मिलन चौकको खेल मैदानमा सम्पन्न हुने आयोजक समितिले जानकारी दिएको छ । उक्त खेल मैदानमा यसअघि निर्वाचन क्षेत्र नं. ५ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपकेन्द्र स्तरीय छनौट खेल, क्याम्ब्रिज कप, स्पोर्टस मीट क्षेत्र नं. ६ स्तरीय प्याब्सन खेल लगायत अन्य विभिन्न कपहरु सम्पन्न भइसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)