Aamsanchar

नाम अनुशार चम्कीलो चित्रकार

Author Image
आइतवार, फागुन २२, २०७३
 {विनोद पाण्डे(कमल)} 
 विश्व सामु नेपालको परिचय गराउने मुख्य आधारहरु नेपालको प्राकृतिक विम्भ, मुर्तिकला र चित्रकाला हुन भन्दा फरक नपर्ला ।
विश्वको अग्लो हिमाल सगरमाथा, तालतलैया,बनस्पती जंगल, खोलानाला र अनेकौ जात , भाषा संस्कृति रहनसहन अपनाउनेहरु विचको एकता अनि कला क्षेत्रवाट राष्ट्र भिभूति अरनिको लगायतका कलाकारहरु पर्छन ।
 
लिक्षवी,राणा देखि पञ्चायती,प्रजातन्त्रकाल हुदै लोकतन्त्र सम्म आईपुग्दा चित्र कलाकारितालाई देश विदेशमा फैलाउदै देशको कलाको गरिमालाई उच्च राख्न धेरै कलाकारहरु रातदिन मेहनत गर्दै आएको अवस्था छ अहिले नेपालमा ।
त्यस्तै मेहनती र अदभूत कलाका धनी र अहिलेको नेपाललाई विश्वसामु चित्र मार्फत परिचय गराउने एक देश भक्त कलाकार, पर्छन चित्रकारमा ज्योतीप्रकास बिक ।बिकले हाल सम्म सयौं उत्कृट चित्र बनाई सकेका छन । विशेष गरि साहित्य र प्रकृतिलाई चित्रमा उतार्न रुचाउछन उनी । उनले बनाएका प्राकृतिक चित्र हेर्दा लाग्छ क्यामराले खिचेको फोटो हो । रंग ब्रसवाट यस्तो दुरुस्त चित्र बन्नै सक्दैन भनेर दर्शक छक्क पर्ने गर्दछन ।

चित्रकलाको क्रममा देशका विभिन्न ठा“उ लगायत धेरै विदेशका ठाउ“मा पुगेर आफ्नो चित्रकारिता कौशल प्रस्तुत गरिसकेका छन ।

उनको अदभूत कलाकारिता वाट चकित बनेर उनलाई देशका विशिष्ट व्यक्ति, नेताहरुको पूर्णकदको चित्र बनाईदिन अनुरोध धेरै आउछ । तर उनी अडर आए अनुसार नेताको चित्र बनाउदैनन । उनले नबनाउनु कारण हो सबैको चित्र बनायो भने बनाईएको नेताको चित्रकलाको महत्व घटने हुदा जोकोही नेताको चित्र नबनाउने तर मन जित्न सक्ने नेताको चित्र बताउछन छन चित्रकार ज्योतीप्रकास।

 

उनले बनाएका नेताहरुमा विपी कोईराला, शहिद गंगालाल, दिवंगत नेपाली का“ग्रेसका गणेशमा सिंह, शहिद पुष्पलाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल,दिवंगत एमाले नेता मदन भण्डारी, हाल नेपाली का“ग्रेसका सभापति शेरबहादुर देउवाको चित्र बनाएको बताउछन ।

 

नेपाल ललितकलाका प्राज्ञ, विभिन्न कलेजको कला प्राध्यापक, संगीतकार, रचनाकार, रेकडिङ स्टुडियो संचालक भएर समाजमा स्थापित नाम बनाउन सफल ज्योतीप्रकास अरनिको युवा कला पुरस्कार, नारायण गोपाल युवा सङगीत पुरस्कार लगायत दर्जनौ संघसंस्था वाट पुरस्कृत, सम्मानित भई सकेका  छन । अत्यन्तै मिलनशार, सरल, मेहनती  उनको यिनै गुणका कारण उनी सबै वर्ग समाजमा परिचित र स्थापित बन्न सफल भएका हुन ।

ज्योतीप्रकास बिकले बनाएका केही चित्रहरु

 
 
 
 

 


 
 
 
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर