Aamsanchar

आगामी साताबाट पूरै देश लोडसेडिङममुक्त

Author Image
मङ्गलवार, फागुन २४, २०७३

काठमाडौं : 

नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ। प्राधिकरणले परीक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ।

चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि नै आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गरी परीक्षणको रुपमा देशलाई लोडसेडिङमुक्त बनाउने भएको हो। प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि यस वर्षको तिहारबाट परीक्षणको रुपमा उनले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने परीक्षण गरेका थिए।

उनी यसमा सफल भएपछि देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा जुटेका हुन्। हाल काठमाडौंका साथै पोखरा, चितवन, काभ्रेलगायतका क्षेत्र लोडसेडिङमुक्त छन् भने, अन्य क्षेत्रमा ५ घण्टासम्म लोडसेडिङ हुँदै आएको छ।

बढी विद्युत् माग हुने समयमा आवश्यकताको आधारमा १४ मेघावाट हेटौँडा डिजेल प्लान्ट, ३९ मेघावाटको दुहबी मल्टिफ्यूल सञ्चालन गरेर भए पनि लोडसेडि मुक्त बनाउने योजनामा प्रधिकरण छ। प्रधिकरणका प्रवक्ता प्रवल अधिकारीले चैतदेखि लोडसेडिङमुक्त बनाउन लागिएको पुष्टि गरे।कारोबार दैनिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर