Aamsanchar

डाइग्नोसिस्ट सेन्टरमा पुनः सिलबन्दी

Author Image
मङ्गलवार, फागुन २४, २०७३

काठमाडौँ।

नयाँबानेश्वरमा रहेको डा स्मार्ट पोलिक्लिनिक एण्ड डाइग्नोसिस्ट सेन्टर प्रालि नियमविपरीत सञ्चालन रहेको भन्दै पुनःसिलबन्दी गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा दर्ता नगरी सञ्चालन गरेको भन्दै आज फेरि सिलबन्दी गरेको हो ।

विभागले गत माघ २४ गते गरेको अनुगमनका क्रममा बिना इजाजत सञ्चालन गरेको भन्दै सिलबन्दी गरेको थियो । लामो समय बितिसक्दासम्म सञ्चालनका लागि आवश्यक कागजपत्र नबनाएको हँुदा आज फेरि सिलबन्दी गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

अनुगमन संयोजक लोकबहादुर कार्कीको संयोजकत्वमा आज भएको अनुगमनका क्रममा म्याद सकिएको सात बोतल पेय पदार्थ नष्ट गरिएको छ । न्यू किनमेल सप, साइराम स्टोर, प्रथा कोल्ड स्टोर र काठमाडौँ पानी सप्लायर्स बुद्धनगरलाई व्यवसाय दर्ता नवीकरण नगरेको, लेबल नभएको सामग्री बिक्री वितरण गरेको, खाद्य अखाद्य सामग्री एकै स्थानमा राखेको र मूल्यसूची समेत अपडेट नगरेको फेला परेपछि सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर